झापा कारागार : कैदीबन्दी र प्रशासनबीच वार्ता सुरु

बिर्तामोड । झापा जिल्ला कारागारमा कैदीबन्दी र प्रशासनबीच वार्ता सुरु भएको छ । चौकीदारको सरुवाको विषयमा कैदीवन्दीले कारागारभित्र आगलागी समेत गरेका छन् । कारागारभित्र झडप र आगजनी गरेपछि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । झापा प्रहरीका अनुसार कैदीबन्दी र प्रशासनबीच भेटघाट कक्षबाट वार्ता भइरहेको छ । चौकीदार मनोज लावतीलाई झुम्का कारागार सार्ने विभागको पत्र अनुसार…