बिर्तामोड । बिर्तामोड–भद्रपुर सडक खण्डमा रहेको प्रकाश आयल टे«डर्समा चुवाहट भई पानी मिसिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ट्यांङकीको वासर खकुलो भएर पानी छिरेको बुझिएको हो । इन्धनमा पानी मिसावट गरिएको भन्दै उपभोक्ताहरुले मंगलवार साँझ पम्पमा तोडफोडको प्रयास गरेका थिए । उक्त पम्पबाट इन्धन खरिद गरेका अधिकांशमा सवारीमा समस्या आएपछि दर्जनौं सवारी चालकहरु पम्पमा जम्मा…