भद्रपुर । मानव तस्करी तथा लागू पदार्थ ओसार–पसार न्यूनिकरण गर्ने उद्देश्यले नेपाल–भारत सिमावर्ती भद्रपुर–गलगलिया क्षेत्रमा अन्तरक्रिया गरिएको छ । एविसी नेपाल, साना हातहरु, विश्व सेवा, सशस्त्र प्रहरी सिमा सुरक्षा बल भद्रपुर, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त पहलमा कार्यक्रम आयोजना गरिएको हो । छलफलमा खुल्ला सिमानाका कारण मानव तस्करी तथा दुव्र्यसन…