बिर्तामोड । मुद्रण उद्योग संघ झापाको आयोजनामा ‘ग्राफिक्स डिजाइनमा एआई (कृत्रिम बुद्धिमत्ता) को प्रयोग’ विषयक एकदिने तालिम कार्यक्रम शनिबार सम्पन्न भएको छ । ग्राफिक्स डिजाइन तथा मुद्रण क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले बिर्तामोडको चारपानेमा आयोजित तालिममा जिल्लाका विभिन्न मुद्रण तथा डिजाइन व्यवसायसँग आबद्ध ४० जना सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा प्रमुख प्रशिक्षकको रुपमा रहेर एआईको…