बिर्तामोडलाई सुन्दर बनाउन भद्रपुर रोडमा फुल रोप्न थालियो

झापा । बिर्तामोड नगरपालिकाले सडक सुन्दरताको लागि भद्रपुर रोडमा फूल रोप्ने कार्य शुरु गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईले सिजिएम जातको फूलको विरुवा रोपेर यस कार्यको थालनी गर्नु भयो । नगरपालिकाले बिर्तामोड-भद्रपुर सडक खण्ड अन्तर्गतको मुक्तीचौक देखि धौलापुलसम्मको भागमा रहेको डिभाईडर भित्र विभिन्न जातका फूल रोप्ने कार्य अघि बढाएको हो । सिजिएम, मयुरधुपी, फक्सटेल…