देउवाले प्रधानमन्त्री पदका लागि कांग्रेस सिध्याउँदैछन् : ओली

चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बताउनु भएको छ । भरतपुरमा आज पार्टीले आयोजना गरेको आभसभामा बोल्दै उहाँले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदा कार्यकर्ता मुकदर्शक भएको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘शेरबहादुरजीले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन्, के हेरेर बसेका छन्…