उम्मेदवारको काराेबार बैंक खाताबाट गर्न निर्वाचन आयाेगकाे निर्देशन

काठमाडाैं । निर्वाचन आयाेगले आसन्‍न स्थानीय तह निर्वाचनका उम्मेदवारकाे खर्च बैंक खातामार्फत सञ्चालन गर्न निर्देशन दिएकाे छ । निर्वाचनमा उम्मेदवारकाे खर्चकाे सिलिङ ताेकेकाे आयाेगले चुनावी खर्चकाे अनुगमन गरिरहेकाे हाे । आयोगले उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोली गर्नुपर्ने व्यवस्था रहेकाे स्मरण गराएकाे छ । आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च…