काठमाडौं– निर्वाचन आयोगले आज उम्मेदवारलाई चिन्ह प्रदान गर्दैछ । आयोगका अनुसार आज बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन गरेका उम्मेदवारलाई चिन्ह प्रदान गर्ने कार्यक्रम छ । गत ११ र १२ गते मनोननयन दर्ता गरेका उम्मेदवारहरुको उम्मेदवारी फिर्ता लिने अन्तिम म्याद शुक्रबार साँझ ५ बजे सकिएसँगै साँझ ६ बजे आयोगले अन्तिम नामावली प्रकाशन गरेको थियो ।…