बिर्तामोड । नेपाली कांग्रेस यतिवेला १४ महाधिवेशनमा जुटेको छ । वडादेखि केन्द्रसम्म कांग्रेसको चुनावी माहोल तातिएको छ । वडाबाट क्षेत्रीय प्रतिनिधिका लागि भर्खरै निर्वाचन सकिएको छ । वडामै पराजित हुनेहरु पाँच वर्षसम्म नेपाली कांग्रेसको कुनै पनि तहमा जिम्मेवारीमा बस्न नपाउने विधानतः व्यवस्था छ । वडाबाट क्षेत्रीय प्रतिनिधिमा विजयीहरु अन्य समितिको निर्वाचनमा उम्मेद्वार र मतदाता बन्न…