झापामा एकैदिन ८ जना संक्रमितको मृत्यू, ५१ जना डिस्चार्ज

विर्तामोड । झापामा आज ५१ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार डिस्चार्ज हुँदै जानेको संख्या बढ्न थालेको छ । जिल्लामा आज ३०३ जना नयाँ संक्रमित थपिएका छन् । त्यसमध्ये सबैभन्दा धेरै विर्तामोडमा ६२, मेचीनगरमा ५२, भद्रपुरमा ४४ र दमकमा २५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार आज…