झापामा जुट्यो अपेक्षाभन्दा बढी अक्सिजन सिलिण्डर

प्रदीप परियार विर्तामोड । झापाका विभिन्न संघ संस्था र राजनीतिक दलले अक्सिजन सिलिण्डर जुटाउन सक्रियता देखाएका छन् । सक्रियता अनुसार अक्सिजन सिलिण्डर सहयोग गर्नेहरुको लर्को लागेको छ । अभियान सञ्चालन गर्नेहरुले अपेक्षाभन्दा राम्रो गरी सिलिण्डर जुटिरहेको जानकारी दिएका छन् । झापामा एकका लागि एक अभियान र नेकपा एमाले विर्तामोड नगर कमिटीले अक्सिजन सिलिण्डर खरिदका लागि…