झापामा आजदेखी तेस्रो चरणको निषेधाज्ञा लागु, आवतजावतमा रोक लगाइयो

विर्तामोड । झापामा आजबाट तेस्रो चरणको निषेधाज्ञा लागु भएको छ । डीसीसीएमसीले बैशाख मसान्तसम्मको निषेधाज्ञा जारी राख्ने निर्णय गर्दै जेठ ७ गतेसम्मलाई थप गरेको हो । जिल्लामा संक्रमण बढिरहेको हुँदा रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी राख्ने निर्णय भएको हो । आजबाट लागु भएको निषेधाज्ञामा कडाई गरिने झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाल जानकार…