काठमाडौं अमेरिकाले नेपालबाट चोरिएको एउटा महत्त्वपूर्ण मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ। ललितपुरको पाटनबाट हराएको लक्ष्मी-नारायणको मूर्ति शुक्रबार अमेरिकाको वासिङटनस्थित नेपाली दूतावासमा एक कार्यक्रम गरी मूर्ति नेपालका राजदूत डा.युवराज खतिवडालाई अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबिआई) का टिमोथी एन ड्युनह्यामले नेपालका लागि हस्तान्तरण गरेका हुन्। अमेरिकी दूतावास, अमेरिकी कूटनीतिक सेवाअन्तर्गतको विदेश अपराध अनुसन्धान हेर्ने कार्यालय, नेपाल प्रहरी, एफबिआई…