काठमाडौंबाट भद्रपुर उड्न लागेको श्री एयरलाइन्समा टिकट काटेका एक व्यक्तिलाई प्रहरीले ५० राउन्ड गोलीसहित विमानस्थलमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-२ का बद्रीहाङ राई रहेका छन्।उनलाई नाइन एमएम पेस्तोलमा लाग्ने गोलीसहित सोमबार पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले बताए। उनका अनुसार १२:४५ को श्री एयरलाइन्सको जहाजमा उनी भद्रपुर उड्न लागेका थिए।प्रहरीले…