ताजा जनादेश लिने कदम नै अग्रगमन : मन्त्री ढकाल

झापा ।  संस्कृति, पर्यटन तथा नागरिक उड्यडनमन्त्री भानुभक्त ढकालले मिति तोकेर ताजा जनादेश लिन आम निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अग्रगमन भएको बताउनुभएको छ ।  मेचीनगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को क्षेत्रीय भेलामा उहाँले चुनावको विरोध गर्ने र विघटित प्रतिनिधिसभाको पुनःस्थापनको माग गर्ने प्रतिगमनकारी भएको आरोप लगाउनुभयो । “नेपाली भाषामा अग्रगमन भनेको अगाडि बढ्ने कुरा…