काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । महासंघमा जिल्ला नगरतर्फकाे मतकाे ५० प्रतिशत हिस्सा हुन्छ । त्याे समूहमा कुल १०५ मत खसेकाेमा ढकालले ५२ मत र प्रधानले…