झापा । महामारीको जोखिम मूल्याङ्कनका आधारमा स्थानीय तहले निर्णय गर्ने गरी सङ्घीय सरकारले हालै ल्याएको विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ सकारात्मक रहेकाले यसको कार्यान्वयनमा शिक्षकलाई अग्रभागमा राख्न सुझाव दिइएको छ । शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले आज आयोजना गरेको भर्चुअल बहसमा सरकारी प्रतिनिधि, शिक्षाविज्ञ र शिक्षाकर्मीले शिक्षक नतातेसम्म विद्यार्थीको सिकाइ निरन्तरता…