बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्व सम्हाल्न आएका नयाँ प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बजार अनुगमन मुख्य प्राथमिकतामा रहेको बताएका छन् । बिहीवार पत्रकारसँगको भेटघाटमा उनले बजार अनुगमनलाई प्राथमिकता दिने बताएका हुन् । प्रजिअ रिजालले जिल्लाको प्रशासनलाई नागरिकमैत्री बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले झापामा सीमा सुरक्षा नै चुनौतिको विषय भएकाले त्यहाँबाट…