बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले आज भद्रपुर–८ बाट लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाको टोलीले सोही ठाउँ बस्ने २२ वर्षीय सुमन तामाङलाई पक्राउ गरेको हो ।चेकजाँच गर्ने क्रममा प्रहरीले तामाङको साथबाट १५ ग्राम ७ सय मिलिग्राम ब्राउनसुगर फेला पारेको छ ।…