डा. बाह्रकोटी मेची अस्पतालको मेसुमा नियुक्त, सेवा थप गर्ने प्रतिवद्धता

विर्तामोड । प्रदेश १ सरकारले झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा.टंक बाह्रकोटीलाई नियुक्त गरेको छ । डा. पिताम्बर ठाकुरले अवकास पाएपछि बाह्रकोटीले सो जिम्मेवारी पाएका हुन् । सात वर्षअघि नै ११ औं तहमा (सहसचिव) बढुवा भएका बाह्रकोटी अस्पतालमा प्रमुख बाल रोग विशेषज्ञका रुपमा कार्यरत थिए । डा.बाह्रकोटी ०६४ देखि ७० र ०७१…