भद्रपुर । झापा क्षेत्र नम्बर ३ का प्रदेशसभाका सदस्य बसन्त बानियाँले त्रिवेणी खोलामा पक्की पुलको शिलान्यास गर्नुभएको छ । पूर्वाधार विकास कार्यक्रम अन्तर्गत १५.४० मिटर लम्बाई र ८.४० मिटर चौडाई रहेको भद्रपुर–१ मा रहेको सो पुलको बानियाँले आज शिलान्यास गर्नु भएको हो । रकमको कारण निर्माण कार्य अवरोध हुन नदिने प्रतिबद्धता गर्नुहुँदै माननीय सदस्य बानियाँले…