भद्रपुर । बचतकर्ताको लाखौँ रकम हिनामिना गरेको आरोप शुभसाइत बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरका उपाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सहकारीका उपाध्यक्ष भद्रपुर–८ निवासी सञ्जोक गिरी, संस्थाकी सचिव हल्दिबारी–३ निवासी कञ्चन आचार्य र सदस्य भद्रपुर–७ निवासी दीपक खवास रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।…