मेचीनगर । मेचीनगर–७, आयाबारीमा नगरकै पहिलो रिकन्डिसन सेन्टर वल्ड रिकन्डिसन एण्ड सर्भिस सेन्टरको उद्धाटन सुरुवात भएको छ । यस रिकन्डिसन सेन्टरको उद्धघाटन मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले रिबन काटेर गरेका हुन् । उद्धघाटन कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले ग्राहकलाई विश्वासनीय र भरपर्दो सेवा दिन रिकन्डिसन सेन्टरका सञ्चालकहरुलाई आग्रह गरेका छन् । उनले अन्य रिकन्डिसन सेन्टरमा भन्दा राम्रो…