बिर्तामोड । लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–१ क ४० वर्षीउ हुसेन मिया रहेका छन् । उनी ०७६ असारदेखि फरार थिए । झापा प्रहरीले मियालाई मेनपा–१० स्थित पशुहाटबाट पक्राउ गरेको प्रवक्ता राकेश थापाले जानकारी दिए । उनलाई झापा जिल्ला अदालतले २० हजार जरिवाना र तीन वर्ष कैदको फैसला सुनाएको थियो…