शिवसताक्षी । झापा शिवसताक्षी ७ व्याङ्गडाँडा स्थित भगवती माध्यमिक विद्यालयले स्काउटको दिक्षान्त समारोह गरेको छ । विद्यालयले मंगलवार दिक्षान्त समारोह गरी स्काउटको बृत्तिविकासमा योग्यता पुगेका ५२ जना छात्रछात्रालाई नेपाल स्काउट पहिचान विश्व स्काउट पहिचान अंकित व्याज वितरण गरेको हो । जसमा २९ छात्र र २३ छात्रा रहेका छन् । व्याज वितरण विद्यालयका प्रधानाध्यापक रमेशकुमार दाहाल…