विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

शिवसताक्षी । शिवसताक्षीमा रहेको सताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघले शिवसताक्षीका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ । संस्थाले शिवसताक्षी –८ को झिलझिले माध्यमिक विद्यालयका ५० जना विद्यार्थीलाई जाडोमा लगाउने सुइटर वितरण गरेको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद राजधाकृष्ण खनाल र संस्थाका अध्यक्ष किशोर बहादुर मगरले वितरण गरेका…