बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आज प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं १ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । काठमाडौँबाट भद्रपुर विमानस्थल हुँदै मेचीनगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा सिधै आएर उहाँले अपराह्न ३ः३० बजे उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकका रूपमा नेपाली कांग्रेसका जिल्ला उपसभापति…