झापा, चैत २० गते । शिवसताक्षी नगरपालिकाको नगर गौरवको योजनाअनुरुपको चक्रपथ निर्माण सकिएको छ । चक्रपथ निर्माण भएसँगै स्थानीयवासी खुसी भएका छन् । शिवसताक्षी नगरपालिका–३ का ७९ वर्षीय नन्दबहादुर भुजेलले आफ्नै आँगनको डिलसम्म कालोपत्र सडक निर्माण भएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हिउँदमा साइकलमा आवतजावत गरे पनि वर्षाको समयमा चप्पल खोलेर हिँड्थ्यौँ, अब सरसर कालोपत्र…