बोलेरोले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका– ८ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलवार साँझ बोलेरो जीपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।  दुर्घटनामा सोही स्थानकी ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च ५९९० नंको  जीपले ठक्कर दिएपछि गम्भीर घाइते भएकी चापागाईँलाई  बिर्तामोडको बिएन्डसी हस्पिटलमा लगिएकामा उपचारका क्रममा साँझनिधन…