शिवसताक्षी बजार अनुगमन : ‘फर्मालिन’ प्रयोग भएका माछा नष्ट

झापा, १४ माघ - शिवसताक्षी नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा अनुगमन टोलीले ‘फर्मालिन’ रसायनको प्रयोग गरिएको ४४ केजी माछा जफत गरेको छ । शिवसताक्षी–६ स्थित शिवगञ्ज बजारमा नगरपालिकाको टोलीले अनुगमनका क्रममा फर्मालिन प्रयोग भएको माछा जफत गरी नष्ट गरेको उपप्रमुख नरमाया कार्कीले बताउनुभयो । भारतबाट आयातित मरेका माछालाई ताजा देखाउन फर्मालिन रसायनको…