झापा । प्रसिद्ध कनकाई नदीको किनारमा अवस्थित चिल्लागढ धाममा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको पूर्णकदको शालिक निर्माण भएको छ । शालिक निर्माण भएको स्थान झापाको शिवसताक्षी नगरपालिका वडा नं. ९ मा पर्दछ । हिन्दू र बौद्ध धर्मावलम्बीहरुको मठमन्दिरले सजिएको कनकाई धार्मिक क्षेत्र अब किराँत धर्मावलम्बीहरुको पनि तीर्थस्थल बनेको छ । चिल्लागढ धाम धार्मिक तथा पर्यटन…