बरहथवा - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने बताउनुभएको छ । सर्लाहीको बरहथवा नगरपालिका–७ मा बजार विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा सभापति थापाले आफूले निर्वाचन लडेको क्षेत्रलाई पाँच वर्षमा मधेस प्रदेशकै नमूना बनाएर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मधेसबाट चुनाव लड्ने निर्णय आफ्नो विकल्प नभइ चाहना भएको उहाँको…