काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। बुधबार पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन पक्षधरले उक्त मिति घोषणा गरेको हो। 'विधानको धारा १७(२) मा स्पष्ट बाध्यकारी व्यवस्था छ : 'केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले विशेष कारण खुलाई लिखित अनुरोध गरेमा…