एक्टिभ नाइनद्वारा बटुकलाई न्यानो कपडा वितरण

झापा । एक्टिभ नाइनले आफ्नो आठौँ स्थापना दिवसको अवसर पारेर मंगलबार बिर्तामोड-६ स्थित श्री हरिहर आश्रम गुरुकुलम्मा अध्ययनरत बटुकहरुलाई न्यानो कपडा वितरण गरेको छ । २०७४ सालमा स्थापित बिर्तामोडका नौ युवाहरुको समूह एक्टिभ नाइनले २३ बटुकहरुलाई न्यानो कपडा वितरण गरेको हो । कार्यक्रममा समूहका अध्यक्ष गोविन्द निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा हरिहर आश्रम गुरुकुलका पूर्वअध्यक्ष दाताराम…