झापा - शिवसताक्षी नगरपालिका-४ मा सञ्चालनमा रहेको १० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजनामा आगलागी भएको छ। आयोजनामा जडान गरिएका दुई वटा ५ एमभिए (MVA) क्षमताका इन्भर्टरमध्ये एउटामा आज दिउँसो आगलागी भएको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। उक्त घटनापछि सोही इन्भर्टरमार्फत उत्पादन हुँदै आएको ५ मेगावाट विद्युत् उत्पादन अस्थायी रूपमा बन्द भएको छ। आगलागीको मुख्य कारणबारे…