काठमाण्डाै – आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि अहिलेसम्म ६८ राजनीतिक दल दर्ता भएका छन् । प्रतिनिधिसभा सदस्य चुनाव प्रयोजनका लागि नेकपा एमाले, नेपाली कांग्रेससहित आजसम्ममा ६८ वटा दल दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएको छ । एमालेले एकातिर प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको…