कांग्रेसको स्वास्थ्य शिविरमा १४ सय सर्वसाधारण लाभान्वित

शिवसताक्षी । “स्वास्थ्य सबका लागि, कांग्रेस तपाईँको साथमा” भन्ने मूल नाराका साथ झापाको शिवसताक्षी नगरपालिका–६ स्थित जनआदर्श माध्यमिक विद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाली कांग्रेस नगर कार्यसमिति शिवसताक्षीको आयोजनामा भएको उक्त स्वास्थ्य शिविरबाट १ हजार ४ सय भन्दा बढी सर्वसाधारणले सेवा लिएका छन्। शिविरमा जेनेरल फिजिसियन, मुटु, हाड–जोर्नी तथा नसा, ईएनटी (नाक–कान–घाँटी),…