इलाम - इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको आज बिहान कोभिडको उपचारका क्रममा निधन भएको छ । उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना हुनुभएको उहाँको आज बिहान साढे ४ः०० बजेतिर निधन भएको इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जानकारी दिनुभयो । एक साताअघि कोभिड–१९ को लक्षण देखिएपछि उहाँलाई मेची अस्पतालमा भर्ना गरिएको थियो…