पूर्वको तीज : हराउँदै गए ढकने र सङ्गिनी

चन्द्रकला भण्डारी झापा - तीज आयो भन्नेबित्तिकै उहिले माइतीघरमा मध्यरातमा आँखा मिच्दै ब्युँझिएर ‘दर’ भन्दै खाएको ढकनेको स्वादले ८५ वर्षीया हेमकुमारी आचार्यको अहिले पनि जिब्रो रसाउँछ । “आहा ! दर कति स्वादिलो हुन्थ्यो भने हामी अरु बेला पनि तीजमा पकाएको जस्तै ढकने पकाइदेऊ भनेर आमालाई कचकच गथ्र्यौँ”, मेचीनगर–१०, धुलाबारीमा बसोबास गर्दै आउनुभएका उहाँ पूर्वी पहाडी…