विर्तामोड । कोरोना संक्रमितपछि निमोनिया भएकी एक महिलालाई हेलिकप्टरबाट बिएण्डसी अस्पतालमा ल्याएइको छ । ताप्लेजुङबाट उनलाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी ल्याइएको हो । आज साझँ हेलिकप्टरले ४४ वर्षीय महिलालाई बिएण्डसीमा ल्याएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए । काठमाडौंबाट हेलिकप्टर चार्टर्ड गरी महिलालाई बिएन्डसीमा ल्याएको हो । आइसियूसहित भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने भएपछि आफन्तले…