भद्रपुर । झापामा हात्तीपाइले रोग विरुद्धको १०औँ पटकको आमऔषधि वितरण अभियान २०७७ को विधिवतरुपमा सुभारम्भ गरिएको छ । स्वास्थ्य कार्यालय झापाद्वारा चन्द्रढीमा शुक्रवार आयोजित कार्यक्रमकाबीच भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, मेची अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.पिताम्बर ठाकुर, जिल्ला समन्वयन समिति प्रमुख सोमनाथ पोर्तेल, सञ्चारकर्मी लगायतले एकसाथ औषधि सेवन गरेर अभियानको सुभारम्भ गरेका हुन…