धर्म/संस्कृति

छठ मनाउन रवि लामिछाने आज जनकपुर आउँदै

छठ मनाउन रवि लामिछाने आज जनकपुर आउँदै


जनकपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज दिउँसो जनकपुरधाम आउँदै छन् । उनले श्रीमती निकिता पौडेलसँगै जनकपुरको गंगासागरमा छठ पर्व मनाउने कार्यक्रम छ ।

लामिछानेले जनकपुरमा पार्टीका नेता–कार्यकर्तासँग छलफल गर्नुका साथै राजनीतिक तथा धार्मिक कार्यक्रममा सहभागी हुनेछन् । आज दिउँसो १२:१५ बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने उनको १ बजे उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान तथा सम्बोधनको कार्यक्रम रहेको जनाइएको छ ।

त्यसपछि दिउँसो २ देखि ४ बजेसम्म मधेश प्रदेश कमिटीका नेताहरूसँग छलफल गर्ने र साँझ छठ पूजाको तयारीमा सहभागी हुने कार्यतालिका छ ।

भोलि बिहान लामिछाने जानकी मन्दिर, धनुषाधाम मन्दिर, जलेश्वरनाथ मन्दिरलगायत मधेशका विभिन्न ऐतिहासिक तथा धार्मिक स्थलको दर्शन र अवलोकन गर्नेछन् । दिउँसो ३ बजे गंगासागरमा आयोजित छठ पूजामा सहभागी हुने कार्यक्रम छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि उनी काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

शेयर गर्नुहोस :

81
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu