शुक्रवारदेखि झापामा हात्तीपाईले विरुद्धको औषधि खुवाउने

विर्तामोड । झापा जिल्लामा हात्ती पाइले विरुद्धको औषधि खुवाउनका लागि १२ सय जना स्वस्थ्यकर्मी परिचालन गरिने भएको छ । झापा जिल्लामा १० औं चरणको हात्तीपाइले रोग निवारण कार्यक्रमको तयारी बारे बुधवार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरीप्रसाद पौडेलले आगामी चैत २० गतेदेखि चैत ३१ गतेसम्म झापाका १५ वटै पालिकामा…