काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (विप्लब समूह) ले आफ्नो पार्टी सरकारसँग वार्ता र संवाद गर्न तयार रहेको बताएको छ । शनिबार पार्टीको नाममा विज्ञप्ती जारी गर्नुहुँदै सो दलका महासचिव समेत रहनुभएका नेत्रविक्रम चन्द ‘विप्लब’ ले सो कुराको जानकारी गराउनुभएको हो । उहाँद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको…