संयुक्त व्यवसायी प्यानललाई विजयी गराउन नेकपाको एकमत, उम्मेद्वार सार्वजनिक

बिर्तामोड । आसन्न बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेकपा र राप्रपाको संयुक्त गठबन्धनले उम्मेदवार घोषणा गरेको छ । बुधबार एक कार्यक्रमका बीच सुवास भट्टराईको नेतृत्वमा उम्मेदवार सार्वजनिक भएका हुन् । यही फागुन १६ गते हुने चुनावका लागि संयुक्त गठबन्धनले नेकपाका तर्फबाट अध्यक्षमा युवा व्यवसायी भट्टराई, वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, वाणिज्य उपाध्यक्ष रामकृष्ण अधिकारी, जनसम्पर्क उपाध्यक्षमा…