खोप दिए , भोट दिने

काठमाडौं - देश कोरोना महामारीले ठप्प छ। संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ। अस्पतालले उपचार सेवा धान्न छाडेका छन्। अक्सिजनको अभाव चुलिँदो छ। यस्तो अवस्थामा बढेको राजनीतिक खिचातानीका कारण बीचैमा निर्वाचन घोषणा भएको छ।  सर्वसाधारण भने कोरोनाविरुद्ध खोप लाउन पाए मात्र भोट हाल्न जाने मनस्थितिमा छन्। भोट हाल्न भीडमा जानुपर्छ, त्यसभन्दा पहिला सबैले खोप पाए…