झापाका थप १४ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापाको तीन स्थानीय तहमा आज १४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोडमा २ जना, मेचीनगरमा ३ जना र दमकमा ९ जनामा कोरोना पुष्टि भएको हो । यसमध्ये २ जना भारतीय नागरिक छन् भने १२ जना स्थानीयमा कोरोना पुष्टि भएको चौलागाईले जानकारी दिए…