वीरता जेसीज सप्ताहमा पत्रकार विरुद्ध १२ गोल

बिर्तामोड । जेसीज सप्ताहको अवसरमा झापाली पत्रकार र वीरता जेसीजबीच मैत्रीपूर्ण फुटसल भएको छ । अर्जुनधारा – ६ मा रहेको गमस्ता स्पोर्टसमा आज आयोजित मैत्रीपूर्ण फुटसलको उपाधि वीरता जेसीजले जितेको हो । वीरता जेसीजले १२–४ गोल अन्तरले पत्रकारको टोलीलाई पराजित गरेको हो । मैत्रीपूर्ण फुटसलको म्यान अफ दी म्याच पत्रकार प्रदीप परियार घोषित भए ।…