काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीका एक नेताले बताए । ‘उहाँले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गर्नुभएको थियो । पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा…