ज्येष्ठ नागरिकलाई न्यानो कपडा

बिर्तामोड । शिवनगर टोल विकास संस्था बिर्तामोड–४ ले ज्येष्ठ नागरिकका लागि न्यानो कपडा वितरण गरेको छ । शनिवार विहान न्यानो कपडा वितरण कार्यक्रमको आयोजना गरेर ५५ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको टोल विकास संस्थाका अध्यक्ष छविलाल विश्वकर्माले जानकारी दिए । सेवा भावनाले हरेक ज्येष्ठ नागरिकलाई जनही ६ सय ५० रुपैंया बराबरको न्यानो कपडा…