फिदिम । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम विन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुष्पलाल उद्यान (पार्क) निर्माण हुने भएको छ । पाँचथरबाट बैतडी जोड्ने यस लोकमार्गको नाम नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको नामबाट पुष्पलाल (मध्यपहाडी) लोकमार्ग कायम भएको हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको लोकमार्गमा लोकमार्गको नामाकरण गरिएका व्यक्तिको पहिचान खुल्ने कुनै पनि संरचना छैनन्…